काठमाडौँमा राप्रपाले उम्मेदवार टुङ्गो लगायो : क्षेत्र नं. १ बाट रवीन्द्र मिश्र (सूचिसहित)


काठमाडौं, २२ असोज । काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको नामको टुङ्गो गरेको हो ।

काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि रवीन्द्र मिश्रले टिकट पाएका छन् । मिश्र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष थिए भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित असोज १२ गते बुधवार राप्रपामा प्रवेश गरेका हुन ।

प्रदेश ‘क’ मा नवीन शाही र ‘ख’ मा यज्ञ बहादुर शाहको उम्मेदवारी रहेको छ ।

काठमाडौँमा राप्रपाका को उम्मेदवारहरू

काठमाडौं क्षेत्र नम्बर १
प्रतिनिधि सभा – रवीन्द्र मिश्र
प्रदेश सभा ‘क’ – नवीन शाही
प्रदेश सभा ‘ख’ – यज्ञ बहादुर शाह

काठमाडौं २
प्रतिनिधि सभा – नवराज सिंखडा
प्रदेश सभा ‘क’ – सुनिल केसी
प्रदेश सभा ‘ख’ – राजु विष्ट

काठमाडौं ३
प्रतिनिधि सभा – गणेश गिरी
प्रदेश सभा ‘क’ – चुण्डी लामा
प्रदेश सभा ‘ख’ – आनन्दराम थापा

काठमाडौं ४
प्रतिनिधि सभा – डा. ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा ‘क’ – ऋद्धि प्रताप जबरा
प्रदेश सभा ‘ख’ – पूण्यलाल श्रेष्ठ

काठमाडौं ५
प्रतिनिधि सभा – डा.रामप्रसाद उप्रेती
प्रदेश सभा ‘क’ – राजेन्द्र प्रजापति
प्रदेश सभा ‘ख’ – नवीन खड्का

काठमाडौं ६
प्रतिनिधि सभा – विष्णुप्रसाद आचार्य
प्रदेश सभा ‘क’ – जगत सागर महर्जन
प्रदेश सभा ‘ख’ – चिरागमान सिंह कुँवर

काठमाडौं ७
प्रतिनिधि सभा – ध्रुव विक्रम मल्ल
प्रदेश सभा ‘क’ – रोजिना गुरुङ
प्रदेश सभा ‘ख’ – लाल कुमार लामा

काठमाडौं ८
प्रतिनिधि सभा – प्रकाश रिमाल
प्रदेश सभा ‘क’ – केदार धमला
प्रदेश सभा ‘ख’ – उद्धव थापा

काठमाडौं ९
प्रतिनिधि सभा – देवेन्द्र प्रधान
प्रदेश सभा ‘क’ – सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ‘ख’ – दिलीप कार्की

काठमाडौं १०
प्रतिनिधि सभा – बलराम थापा
प्रदेश सभा ‘क’ – उमेश सापकोटा
प्रदेश सभा ‘ख’ – सूर्यबहादुर महर्जन

प्रतिक्रिया दिनुहोस्