नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगायो (सूचिसहित)


काठमाडौं, २२ असोज । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले उम्मेदवारको ढुङ्गो लगाएको छ । नेकपा एसले १६ जिल्लामा प्रतिनिधिसभा उम्मेदवारको ढुङ्गो लगाएको हो ।

नेकपा एसका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको भरमा पर्दा स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताउँदै आए पनि आगामी संसदीय निर्वाचन सम्म गठबन्धनमा रहने निर्णयमा छन् ।

प्रतिनिधिसभामा एकीकृत समाजवादीका उम्मेदवार

१. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४. सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा – धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८. बझाङ – भानुभक्त जोशी
१९. डोटी – प्रेमबहादुर आले

 

प्रतिक्रिया दिनुहोस्