सत्तारुढ गठबन्धनबिच सिट बाँडफाँट : माओवादी केन्द्रलाई ४५, एसलाई २०, राष्ट्रिय जनमोर्चालाई २


काठमाडौँ, २२ असोज । सत्तारुढ गठबन्धन बिच प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुङ्गिएको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सहमतिमा सिट बाँडफाँट भएको हो ।

बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि गठबन्धनमा सिट बाँडफाँटको लगबक टुङ्गो भइसकेको छ । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ ।

माओवादी केन्द्र, एस र राष्ट्रिय जनमोर्चासँग टुङ्गो भइसकेसँगै बाँकी ९८ स्थानमा काँग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्