सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १४ पुग्यो


काठमाडौं, १७ कात्तिक । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा भएको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– ९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ८ जना महिला ४ जना पुरुष र २ जना बालबालिका रहेका छन् । दुर्घटनामा परी ४७ जना घाइते भएका छन् । उद्दारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको प्रहरीले जनाएको छ । नदीमा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उद्दार तथा खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीले बस तीव्र गतिका कारण अनियन्त्रित भई नदीमा खसेको अनुमान गरेको छ। शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको थियो।

 

प्रतिक्रिया दिनुहोस्