बेलबारी जेसिसको ‘जेसिस सप्ताह’ सुरु


बेलबारी, २८ भाद्र । युवाहरूको नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको संस्था बेलबारी जेसिसले सोमबार एक कार्यक्रमकाविच आफ्नो जेसिस सप्ताहको उद्घाटन भएको छ । बेलबारी नगरपालिका वडा नं –२ को परिसरमा वृक्षारोपण गरेर सप्ताहको उद्घाटन गरिएको हो ।

बेलबारी नगरपालिका वडा न. २ का अध्यक्ष कृष्णबहादुर गुरुङ प्रमुख अतिथि रहेको वृक्षारोपण कार्यक्रममा वडा सदस्यहरू मञ्जु रिजाल, दीपक लिम्बू, बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, पूर्व अध्यक्षहरू दीपेन्द्र खुलाल र राजेन्द्र बहादुर अधिकारी, इभिपी भुवन कार्की, प्रशान्त निरौला लगायतको उपस्थिति रहेको थियो ।

‘गो ग्रिन बेलबारी’ नारा लिएर वृक्षारोपणका साथ सुरु भएको सप्ताहमा विभिन्न कार्यक्रमका साथ असोज ७ गते सम्पन्न गरिने बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदीले बताएका छन् । बेलबारी जेसिसका वर्ष २०२२ का वातावरण संयोजक विप्लव पोखरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भने महासचिव बिराज सुवेदीको रहेको थियो

प्रतिक्रिया दिनुहोस्