नेकपाकाे प्रदेश कमिटिबाट प्रकाश राईसहित ४ जनाको नाम सिफारिस


धरान, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) को १ नं प्रदेश कमिटिले प्रकाश राईसहित ४ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकले धरानको मेयर पदको उम्मेदवारमा चार जनाको नाम सिफारिसमा गरेको हो ।

नेकपा धरान उपमहानगर कमिटि र जिल्ला कमिटि सिफारिस गरेको नाममा विजय राईको पनि नाम थपेर माथिल्लो कामिटिमा सिफारिश गरेको छ ।

यसअघि जिल्ला कमिटि सदस्यहरु प्रकाश राई, वेणु काफ्ले र फोक्वाहाङ सुब्बा (चोत्लुङ) गरी तीन जनाको नाम मात्र सिफारिस गरेको थियो ।

पदाधिकारी बैठकमा नेकपा प्रदेश १ इञ्चार्ज भिम आचार्य, मुख्यमन्त्रीसमेत रहेका शेरधन राई, सावित्रीकुमार काफ्लेसहित ४ जना सहइञ्चार्जहरु, प्रदेश कमिटि अध्यक्ष घिमिरे र सचिव सुरेश राई हिमाल छन् ।

प्रतिक्रिया दिनुहोस्