किरात राई पत्रकार संघ मोरङको अध्यक्षमा विजय खम्बु


मोरङ, १२ भाद्र । किरात राई पत्रकार संघ मोरङको तेस्रो जिल्ला सम्मेलनबाट अध्यक्षमा विजय खम्बु राई लगायतको समिति सर्बसहमत चयन भएका छन् । आज पथरीशनिश्चरे १ स्थित मनोहर होटेल एण्ड पार्कमा भएको सम्मेलनबाट उपाध्यक्ष हिमाल राई, सचिवमा संगीता राई, सहसचिवमा कविता राई र सहकोषाध्यक्षमा पवित्रा राई चयन भएका हुन ।

सदस्यहरूमा सुशीला राई, असीम राई, अविशेक बान्तवा किराँती र सम्झना राई सर्बसहमत निर्वाचित भएका हुन् । सम्मेलन आयोजक समितिको संयोजक नारायण राईको सभापतित्वमा र सचिव लक्षणा राईले सञ्चालन गरेको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघको केन्द्रीय सहसचिव सन्तोष राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समिति सदस्य अर्जुन कुलुङ राई लगायतले शुभकामना दिएका थिए । किरात राई पत्रकार संघको राष्ट्रिय सम्मेलन यही भदौ २८ र २९ गते काठमाडौँमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्