कृष्णप्रसाद सिटौला कोरोना संक्रमित


काठमाडौं, ८ भदौ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला कोरोना संक्रमित भएको छन् । मंगलबार हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा सिटौला कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

स्वास्थ्य अवस्थामा केही समस्या भए पछि हेम्समा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी आफ्नै निवासमा आइसोलेसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्