सुन्दरहरैँचा, २ भदौ । सुन्दरहरैँचा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामाग्री वितरण गरेको छ । करुणा फाउन्डेसन नेपालको सहकार्यमा नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तरगत सो सहयोगी सामाग्री वितरण गरेको हो ।
१५ जनालाई हुइल चियर, ट्वाइलेट चियर ७ जनालाई, सेतो छडी ७ जनालाई, वैशाखी ४ जनालाई, लौरो ७ जनालाई, हेरिङ एड ५ जनालाई वितरण गरेको नगरपालिकाले जनाएको छ । सो सामाग्री नगरपालिकाका प्रमुख केदार गुरागाईँ र उपप्रमुख अकली चौधरीद्वारा हस्तान्तरण गरिएको थियो ।