बेलबारी, ३० श्रावण । बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले विद्यार्थीलाई व्यवसाय र त्यसको महत्त्व सम्बन्धी व्यवहारिक तालिम दिन थालेको छ । किताबी ज्ञानले मात्र विद्यार्थी सिकाइ अपुरो हुन तथ्यलाई बुझेको विद्यालयले प्रयोगात्मक रूपमा यस्तो ज्ञान दिन थालेको छ ।
विद्यार्थीलाई व्यवहारिक तथा जीवन उपयोगी ज्ञान दिने उद्देश्यले फिल्ड कार्यअन्तर्गत व्यवसाय सम्बन्धी ज्ञान दिएको विद्यालयका प्रिन्सिपल कुमार खुलाल बताउँछन् । यस अन्तरगत विद्यालयमा अध्ययनरत छात्र छात्राहरू ठाउँ ठाउँमा बुथ राखेर सामाग्री विक्री गरिरहेका छन् । यसबाट प्राप्त मुनाफाले विभिन्न काम गर्ने फिल्डवर्मका खटिरहेका कक्षा ९ की छात्रा कृतिका बस्नेत बताउँछिन् ।
यस प्रकारको कार्यले आफूहरूलाई व्यवसाय कसरी गर्ने, व्यवसायको महत्त्वका बारेमा ज्ञान मिलेको छात्रा बस्नेतको अनुभव रहेको छ । विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञानलाईसमेत जोड दिँदै आइरहेको छ ।