बेलायत पठाउँछु भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ


काठमाडौँ, २९ श्रावण । बेलायत पठाउँछु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार दिउँसो काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने इलाम नगरपालिका–१ नारायणटारका ३७ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने बताउँदै, पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएका थिए । राईले मासिक ४ लाख रुपैयाँसम्म कमाइ हुने विश्वास दिलाएर प्रतिव्यक्ति ३ लाखका दरले १५ लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीले बताएको छ ।

पैसा पाए पछि सम्पर्क विहीन भएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो । राईलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्