संखुवासभाका सांसद राजेन्द्र गौतमको डेरामा दिउँसै चोरी


काठमाडौं, ९ कार्तिक । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको डेरामा चोरी भएको छ । सांसद गौतमको घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको हो ।

प्रहरीका अनुसार बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको हो । गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ ।
सांसद गौतमको काठमाडौं महानगरपालिका वडा नं १० देवीनगरस्थित डेरामा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्