बेलबारीको नगर अस्पतालबाट १२ घण्टे ओपीडी सेवा सुरु


बेलबारी, १ श्रावण । बेलबारी नगरपालिकामा संचालनमा रहेको नगरअस्पतालमा १२ घण्टे ओपीडी सेवा संचालनमा आएको छ । आज (आइतवार) एक कार्यक्रमका बिच बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म संचालनमा रहने सेवाको सुभारम्भ गरिएको हो ।

बेलबारी नगरपालिका वडा नं १ मा रहेको यस अस्पतालमा संचालनमा आएको १२ घण्टे सेवालाई चाँडै २४ घण्टे सेवा सुरु गरिने योजना रहेको स्वास्थ्य शाखाका कर्मचारी शन्तोष विश्वकर्माले जानकारी गराएका छन् । यसै नगर अस्पतालबाटै यसअघि नै स्वास्थ्य बिमा कार्यक्रम संचालनमा आइसकेको छ । नगरअस्पतालले ओपिडी, गर्भवती जाँच, ल्याव सेवा, भिडियो एक्स्रे, लगायतका सेवा संचालनमा रहेका अस्पतालका मेडिकल सुपरिटेण्ड उमेश शाह बताउँछन् ।

कार्यक्रमको सुभारम्भ पछि नगरप्रमुख दीलप्रसाद राईले जनतालाई कसरी निरोगी बनाउने भन्ने बारेमा नगरपालिकाको ध्यान रहेको र सोहीअनुसार ओपीडी सेवा संचालनमा ल्याइएको बताए । स्वास्थ्यका क्षेत्रमा सेवाग्राहीबाट गुनासा आइरहेको प्रसङ्ग उल्लेख गर्दै नगरप्रमुख राईले सेवाग्राहीका गुनासा नआउनेगरि काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिए । स्वास्थ्यकर्मीको एउटा सानो सुझावले पनि विरामी ज्यान जोगिन सक्ने हुँदा परामर्ष दिन कन्जुस्याइ गर्न नहुने पनि नगरप्रमुख राईको भनाइ रहेको छ ।

नगरबाटै १२ घण्टे ओपीडी सेवा संचालन हुनुलाई स्थानीयबासीले सकारात्मक रुपमा लिँदै बेलबारीबासीका लागि ठूलो उपलब्धि रहेको बताएका छन् । तर सेवा संचालन हुनु मात्र चाहि ठूलो कुरा नभएको, त्यसको व्यवस्थापकीय पाटोमा चाहिँ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।सुभारम्भ कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा, १ नं वडाका अध्यक्ष मणि पुलामी मगर, बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेश जङ्ग कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्