बहराइन, असार ३२ । प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्षमा हरि कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रवार भएको प्रवासी नेपाली मञ्च बहराइनको तेस्रो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । उनी बेलबारी नगरपालिका वडा नं.७ निवासी हुन ।
अधिवेशनको उद्घाटन नेकपा एमालेलेका पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतद्वारा भएको थियो । प्रमुख अतिथि बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित कमिटीलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, सचिवमा अमर श्रेष्ठ, उपसचिवमा चन्द्र गुरुङ, उपसचिवमा धनञ्जय जोशी निर्वाचित भएका छन् भने सदस्यमा बलराम डागी, समन सिह थापा मगर, दिल बहादुर थापा, विमल खड्का, रविन भुजेल, लक्ष्मी क्षेत्री, निम बहादुर वि.क, थोमस कुलुङ्, विश्व गुरुङ निर्वाचित भएका छन् । कार्यक्रममा नेपाली राजदूतावास बहराइनका कार्यबाहेक राजदूत श्रीअरुणा घिसिङ, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय युवा इन्चार्ज महेश गिरि लगायतको उपस्थिति रहेको थियो ।
आवासीय नेपाली संघ बहराइन, नेपाली क्ल्व बहराइन, नेपाल आदिवासी जनजाति महासंघ बहराइन, नेप्लिज वेलफेर सोसाइटी बहराइन साथै ट्रेड युनियन सपोट ग्रुप बहराइनका प्रतिनिधिहरू साथै विभिन्न जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधि, सांगीतिक संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।