काँग्रेस, एमाले र माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गर्नेको लहर 


सुन्दरहररैँचा, ३० असार । पछिल्लो समय ठूला पार्टी छाडेर राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित कार्यक्रममा एमाले काँग्रेस, माओवादी केन्द्र छाडेर पाँच सयभन्दा बढी मानिस राप्रपामा प्रवेश गरेका हुन् ।

राप्रपा सुन्दरहरैँचा नगर कार्यसमितिले दिएको जानकारीअनुसार सुन्दरहरैंचामा विहिवार आयोजित कार्यक्रममा साबिकको पार्टी परित्याग गरी ५०६ जना  राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा मोरङ जिल्ला सह–प्रवक्ता कृष्ण कुमार घिमिरेले जानकारीले पार्टी प्रवेश गर्नेमा अधिकांश जसो नेपाली काँग्रेसका कार्यकर्ता रहेको बताए ।

सुन्दरहरैँचाबाट जयप्रसाद सिटौला र रमेश रिजालको संयोजकत्वमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेको बताइएको छ । नवप्रवेशीहरुलाई राप्रपा राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अबिर लगाएर स्वागत गरेका थिए ।

सुन्दरहरैंचा र बुढीगंगामा भएको छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  राप्रपाका राष्ट्रिय अध्यक्ष लिंङ्देनले संवोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्