बेलबारी ८ को सिंहदेवी एकेडेमीको प्लस टुमा विज्ञान विषय अध्यापन हुने


बेलबारी, २५ असार । बेलबारी नगरपालिका वडा नं. ८ मा रहेको श्री सिंहदेवी एकेडेमीको प्लस टुमा विज्ञान विषय पढाइ हुने भएको छ । सिंहदेवी एकेडेमीका प्रधानाध्यापक रविन थापाले विज्ञान विषय पढाउने जनकारी गराएका हुन ।

बेलबारीको अधिकांश विद्यालयमा प्लस टु स्तरमा म्यानेजमेन्ट फ्याकल्टी अध्यापन भएता पनि विज्ञान भने छैन तर बेलबारी ८ तथा छिमेकी वडाका विद्यार्थीहरू अन्य ठाउँ दुख नपाउने पर्ने थापा बत्ताउँछन् । विज्ञान विषय पढाइ नहुँदा अन्य पालिका जानु पर्ने बाध्यताको अन्त्य गरेको थापाले बताए ।

उनी भन्छन्, ‘गुणस्तर शिक्षा प्रदान गर्न नसक्दा र सोचेको विषय पढ्न नपाउँदा ठुलो संख्यामा विद्यार्थी बेलबारी बाहिरिने गर्छन् । सोही कारण ठुलो धनराशि पनि बहिरी रहेको छ ।’ टाढा जानु पर्ने र महँगो शुल्कबाट मुक्त गर्दै गुणस्तर शिक्षा प्रदान गर्ने थापा प्रतिबद्धता गर्छन् । नयाँ भर्नाको लागि एक पटक सिंहदेवी एकेडेमी बुझ्न आइदिन पनि थापा आग्रह गर्छन् ।

प्रतिक्रिया दिनुहोस्