बेलबारी नगरपालिकाद्वारा अनुदानमा कृषकलाई कृषि सामाग्री वितरण


बेलबारी, ६ असार । बेलबारी नगरपालिकाले कृषकलाई अनुदानमा कृषि सामाग्री प्रदान गरेको छ । ५०% अनुदानमा ४ थान प्लाष्टिक सिट र १ थान धान काट्ने मेसिन प्रदान गरेको हो ।

प्लाष्टिक सिट स्थानी ३ कृषकलाई र चौबिसे कृषि फर्मलाई बेलबारी नगरपालिकाका प्रमुख डि.पी राईले सामाग्री हस्तान्तरण गरेका छन् । नगरपालिकाले अनुदानमा कृषि सामाग्री प्रदान गर्दा कृषकलाई धेरै राहत भएको साथै आधुनिक कृषि व्यवसायको लागि उत्साह थपिएको स्थानीय कृषकहरू बताउँछन् ।

आधुनिक क्षेत्रको विकासको लागि नगरपालिका गम्भीर रहेको र कृषि प्राथमिकता रहेको नगर प्रमुख डि.पी राईले बताएका छन् । भावी दिनमा पनि कृषकको आवश्यकता अनुसार कृषि सामाग्री वितरण गर्ने राईले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्