काठमाडौं महानगरपालिकाको मेयरमा बालेन, उपमेयरमा सुनिता निर्वाचित


काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । लौरो चुनाव चिन्नका स्वतन्त्र उम्मेदवार बालेन मेयरमा विजयी भएका हुन ।

वैशाख ३० गते भएको निर्वाचनको काठमाडौं महानगरपालिकाको मतगणना बिहीबार सकिएको छ । एमालेका केशव स्थापित र काँग्रेसका सिर्जना सिंहलाई २३ हजार भन्दा बढी मतले पराजित गरेर स्वतन्त्र उम्मेदवार बालेन मेयरमा निर्वाचित भएका छन् । बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका केशवले ३८ हजार १ सय १७ र काँग्रेसकी सिर्जनाले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा भने एमालेका सुनिता डंगोल निर्वाचित भएकी छिन । सुनिताले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई ४४ हजार ८ सय ६ मत अन्तरले हराउँदै डंगोल निर्वाचित भएकी हुन । सुनिताले ६८ हजार ६ सय १२ मत प्राप्त गरेकी छिन भने रामेश्वरले २३ हजार ८ सय ६ मत प्राप्त गरे ।

काठमाडौं महानगरपालिकाको कुल मतदाता संख्या ३ लाख २ सय ४२ मा १ लाख ९० हजार ९ सय ६२ मत मात्र खसेको छ । उक्त खसेको मतमा ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्