सुन्दरहरैंचामा जनप्रतिनिधिहरूको शपथग्रहण


सुन्दरहरैंचा, ९ जेठ । सुन्दरहरैचामा नवनिर्वाचित जनप्रतिनिधिहरूको सोमबार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको प्राङ्गणमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमुख केदार गुरागाईँले शपथ खुवाएका थिए ।

शपथ समारोहमा कार्यक्रमका अध्यक्ष तथा निर्वाचन अधिकृत माधव भण्डारीले नव निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नव निर्वाचित जन प्रतिनिधि हरूलाई माला तथा खादा लगाएर स्वागत सम्मान गरिएको थियो ।

बिहान मोरङ जिल्ला न्यायाधीश मार्फत शपथ लिएका नगर प्रमुख केदारप्रसाद गुरागाईँले अपराह्न नगर उपप्रमुख अकली चौधरी सहित १२ वडाका वडाध्यक्ष तथा वडा सदस्य हरूलाई शपथ गराएका थिए । समारोहमा स्थानीय तह निर्वाचनमा सुन्दरहरैंचा नपाबाट उपमेयर पदका उम्मेदवार रहेर उपविजेता भएका नवराज चापागाईँ , निवर्तमान नगर उपप्रमुख धनमाया तामाङ लगायतले बोलेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि सांसद भानुभक्त ढकाल, प्रदेश सांसद राजकुमार ओझा, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, पार्टीका प्रतिनिधि तथा नगरपालिकाका विभिन्न विभागमा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्