बेलबारी ५ मा एमालेको प्यानल नै विजयी : वडाध्यक्षमा डिल्लीबहादुर कटुवाल निर्वाचित


बेलबारी, ६ जेठ । बेलबारी नगरपालिका ५ नं वडामा नेकपा एमालेको पुरै प्यानल नै विजयी भएको छ । नेकपा एमाले उम्मेदवार डिल्लीबहादुर कटुवालको नेतृत्वमा रहेको पुरै प्यानल विजयी भएको हो ।

नेकाका वडा अध्यक्षका उम्मेदवार दुखाराम भगत थारुले १०५१ मत ल्याउँदा एमालेका उम्मेदवार कटुवालले १२३१ मत ल्याएका थिए । अन्य सदस्यहरूमा सीता कुमारी गिरी (महिला वडा सदस्य), यमकुमारी परियार (दलित महिला सदस्य), भगवन चौधरी (खुल्ला सदस्य) र सुशान्त निरौला (खुल्ला सदस्य) रहेका छन् । यो यस अघि काँग्रेसले जितेको वडा हो ।

प्रतिक्रिया दिनुहोस्