बेलबारी ८ मा चुनाव चिन्ह हाँसका स्वतन्त्र उम्मेदवार धनपति गौतम वडाध्यक्षमा विजयी


बेलबारी, ६ जेठ । बेलबारी नगरपालिका वडा नं ८ मा स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसले टिकट नदिएपछि वडाध्यक्षमा बागी उम्मेदवारी दिएका धनपति गौतम विजयी भएका हुन् ।

एमाले उम्मेदवार पिपि मगरले १२३६ ल्याउँदा उनले १४१७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । निवर्तमान वडा अध्यक्षसमेत रहेका गौतम २०७४ को स्थानीय निर्वाचनमा सोही वडाबाट वडाध्यक्ष निर्वाचित भएका थिए । तर गौतमलाई काँग्रेसले टिकट नदिएर पूर्ण खडकालाई टिकट दिएको थियो ।

पार्टी निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका उनले अन्ततः जितेर छाडेका छन् । उनले हाँस चुनाव चिन्ह पाएका थिए । उता काँग्रेसका आधिकारिक उम्मेदवार पूर्णबहादुर खड्काले भने तेस्रो स्थान मात्र ल्याउन सके ।

प्रतिक्रिया दिनुहोस्