केराबारीमा अध्यक्ष, उपाध्यक्षसहित छ स्थानमा एमाले विजयी : अध्यक्षमा सुमन, उपाध्यक्ष मनमाया


केराबारी, ५ जेठ । हालै सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन २०७९ बाट केराबारी गाउँ पालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङ्चिङ र उपाध्यक्ष पदमा मनमाया मगर विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार निवर्तमान अध्यक्ष रोहित बहादुर कार्कीले ६३९० मत ल्याउँदा मगरले ७८१० मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा नेकाकी सुभद्रा राईले ५९५६ मत ल्याउँदा एमालेकी माया मगरले ६७६६ मत प्राप्त गरेकी छन् ।

१० वटा वडा भएको केराबारीमा छ ५ वटा वडामा एमाले, ४ वटा वडामा काँग्रेस र एउटा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । नेकपा एमाले वडा १, २, ३, ७ र १० विजयी भएको छ भने वडा नं ४, ५, ८, ९ मा काँग्रेस र छ नं वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

स्थानीय तहको निर्वाचनमा केराबारीमा विजयी वडाध्यक्षहरूमा :-

वडा नं. १ श्री शरण थापा मगर (एमाले)
वडा नं. २ श्री प्रेम बहादुर लिम्बू (एमाले)
वडा नं.३ श्री रामचन्द्र शाही (एमाले)
वडा न. ४ शिव प्रसाद तामाङ (काँग्रेस)
वडा नं. ५ श्री शिव प्रसाद तामाङ (काँग्रेस)
वडा नं. ६ श्री उपेन्द्र लुंगेली मगर (माओवादी)
वडा नं. ७ श्री खगेन्द्र निरौला (एमाले)
वडा नं. ८ श्री कमल कुमार बस्नेत (काँग्रेस)
वडा नं. ९ श्री गोपाल राई (काङ्ग्रेस)
वडा नं. १० श्री पूर्ण बहादुर मगर (एमाले)

प्रतिक्रिया दिनुहोस्