केराबारी ९ मा गोपाल राई अध्यक्षमा निर्वाचित


केराबारी, २ जेठ । केराबारी गाउँपालिका वडा नं.९ मा गठबन्धनका अध्यक्षका उम्मेदवार गोपाल राई विजयी भएका छन् । नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार राईले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम कार्कीलाई पराजित गरेका हुन ।

कार्कीलाई राईले ५४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् । चुनाव अघि उनले युवाहरूलाई रोजगार, पर्यटन विकास, स्वास्थ्य बिमा तथा सके घरघरमा वृद्ध तथा असक्तलाई भक्त उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । उनले उद्यमशीलतामा जोड दिने बताएका थिए ।

उनको प्रतिबद्धतासँगै जनताले दिएको मतको सम्मान कार्यान्वयन गरेर गर्नु छ । सो कुरा राई प्रतिबद्ध रहेको बताउँछन् । चुनाव अघि गरेका प्रतिबद्धता सबै पुरा गर्ने राईले बताए ।

 

प्रतिक्रिया दिनुहोस्