बेलबारी ११ मा नेपाली काँग्रेसकाका विक्रम राई विजयी


बेलबारी, २ जेठ । बेलबारी नगरपालिका ११ नं वडामा नेपाली काँग्रेसका विक्रम वान्तवा राई विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका राई २०२० मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार यमकुमार पोखरेल (राजन)ले १७३६ मत प्राप्त गरेका थिए । यस वडामा अघिल्लो निर्वाचनमा पुरै प्यानल नै एमालेले जितेको थियो ।

यस वडामा अध्यक्ष र महिला सदस्य गरी दुई जना नेकाले जित्दा बाँकी तीन जना सदस्य भने नेकपा एमाले जितेको छ । निर्वाचन आयोगको पछिल्लो परिणामअनुसार यस वडामा नेकपा एमालेका मेयरका उम्मेदवार डिपी राईले नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र सुवेदी भन्दा २४५ बढी मत बढी ल्याएका छन् । नेकाका महेन्द्र सुवेदीले १६६५ मत ल्याउँदा राईले यस वडामा १९१० मत प्राप्त गरेका थिए ।

हाल सम्ममा वडा नं १, २ र ११ को परिणाम सार्वजनिक भइसकेको छ । जसमा १ र ११ नेपाली काँग्रेस र वडा नं २ नेकपा एमालेले जितेको छ । अहिले वडा नं ३,४ ९ र १० नं वडाको मत गणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्