सुन्दरहरैँचा, २ जेठ । सुन्दरहरैँचामा गठबन्धनका मेयर पदका उम्मेदवार शिवप्रसाद ढकालले आफ्नो अग्रता कायमै राखेका छन् । नेपाली काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार रहेका ढकालले ५ सय मत्तको अग्रता कायम गरेको हुन् ।
नेकपा एमालेका मेयर पदका उम्मेदवार केदार गुरागाईँले ३६४४ मत प्राप्त गर्दा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार शिवप्रसाद ढकालले ४२२६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैँचाले सार्वजनिक गरेको जानकारी अनुसार ९३५२ मत गणना गर्दा माओवादी केन्द्रको समेत समर्थन पाएका ढकालले यो परिमाण अनुसारको मत पाएका हुन् ।
१२ वटा वडा रहेको यस पालिकामा वडा नं १, २, ११ र १२ नं वडाको मतगणना भइरहेको छ । गठबन्धन गरिएको भए पनि उपप्रमुख पदका उम्मेदवार नवराज चापागाईँले भने अपेक्षाकृत मत ल्याउन सकेनन् । माओवादी केन्द्र तर्फबाट उपमेयर पदका प्रत्याशी रहेका गुरागाईँले २४०३ मत मात्र प्राप्त गरेका छन् ।