प्रधानमन्त्री ओली र दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता


काठमाडौँ, १२ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।

अजरबैजानबाट आइतबार प्रधानमन्त्री ओली फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुवै अध्यक्ष सोमबार भेटवार्ता भएको हो ।

अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सम्पन्न पछि प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका थिए ।

अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओली र दाहाल बिच भेटमा समसामयिक विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्