भरतपुर महानगरमा रेणु दाहालको अग्रता : विजयसँग ११० को मत अन्तर


चितवन, १ जेठ । भरतपुर महानगरमा रेणु दाहालको ११० मत अन्तरको अग्रता रहेको छ । रेणुको १,१७८ खसेको छ भने एमालेका प्रमुखका उम्मेदवार विजय सुवेदीले १,०६८ पाएका छन् ।

३,१६८ मत गणना हुँदा गठबन्धन उम्मेदवार रेणुलाई १,१७८ मत खसेको हो । स्वतन्त्र उठेका जगन्नाथ पौडेलले ४११ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी १,०५९ मतसहित अग्रता लिइरहेका छन् ।
एमालेको सहयोगमा चुनाव लडेकी राप्रपाकी हिमला गुरुङले ७२८ मतका साथ अधिकारीलाई पछ्याइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्