काँग्रेस र माओवादी केन्द्र बिचको झडपमा एक युवकको मृत्यु


सोलुखुम्बु, ३१ वैशाख । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० का कार्यकर्ताबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा स्थानीय ३५ वर्षीय सुदीप राईको मृत्यु भएको हो ।

ढुङ्गा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेको कारण राईको उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अनिल अधिकारीले जानकारी दिएका छन् । राई काँग्रेसको कार्यकर्ता रहेको बताइएको छ ।

झडपमा परी घाइते भएका स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको खनाले बताए । खनालका अनुसार मतदातालाई घर लैजाने विषयमा भएको विवाद झडप परिणत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्