बुढानीलकण्ठ-१ मा नेकपा एमालेको प्यानलै विजयी


काठमाडौं, ३१ वैशाख । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका – १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामाको प्यानल विजयी भएको हो

त्यसै गरी मेयरमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता कायम गरेका छन् । उनले ७७८ मत प्राप्त गरेका छन् भने काँग्रेसका विनोद चालिसेले ४२८ मत प्राप्त गरेका छन् ।

बुढानीलकण्ठको उपमेयरमा पनि नेकपा एमालेकै अग्रता लिएको छ । एमालेकी उम्मेदवार अनिता लामाले ८१२ मत ल्याउँदा काँग्रेसकी रमिला वाग्लेले ४५३ मत मात्रै प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्