बेलबारीवासीले एमालेलाई ३० गते मनदेखि मत दिएर विजय गराउनुहुन्छ : तारा पराजुली


तारा पराजुली –

बेलबारी, २७ वैशाख । आसन्न स्थानीय निर्वाचन २०७९ हाम्रो सँघारमा छ। यो समय मतदाताका घर आँगनमा सबै दल मत मागेर लगभग घरदैलो कार्यक्रमसमेत सम्पन्न गरिसकेको अवस्था छ। मञ्चहरूमा सबै दलका उम्मेदवारहरूले आफू जित्ने दाबी गरे पनि यसको फैसला गर्ने न्यायाधीश जनता हुन्।

बेलबारीको चुनावी सरगर्मीलाई समीक्षा गर्दा नेकपा एमाले नै पहिलो र शक्तिशाली पार्टी हो।यस कारण पनि हरेक हिसाबले नीति, सिद्धान्त र कार्यदिशामा टेकेर गएका पाँच वर्षभरि र अहिले स्थानीय तहको चुनावसम्म आइपुग्दा आम विपन्न र उत्पीडित वर्गले महसुस हुने कार्य प्रगतिका नतिजाले एमाले अझ बहु प्रतिष्ठित छ।स्पष्ट आर्थिक नीति र विकास योजना कार्यान्वयन गरेर दीर्घकालीन महत्त्वका जनमुखी कामले स्थापित भएको कारण सम्पूर्ण हिसाबले बेलबारीमा नेकपा एमालेले चुनाव जित्ने जानकारहरू बताउँछन्।

– एमालेको प्रष्ट कार्यदिशा। कम्युनिस्ट विचारधारा भनेको शाब्दिक आत्मरतिमा रमाउनु होइन।अन्य दलले झैँ आलोचना र बाँड्नु पनि होइन पार्टीका नीति तथा कार्यक्रम आम कार्यदिशाहरू विचारधाराको आलोकमा नेपाली समाजको चरित्रको ठोस विश्लेषणको आधारमा जनउत्तरदायी नीति अनुरूप सिर्जनात्मक रूपमा लागु गर्नु हो ।

मार्क्सवाद लेनिनवाद विचारधाराको सिर्जनात्मक प्रयोग गर्नु भनेको यसलाई तोडमोड गर्ने,चरित्र र कार्यदिशामाथिको प्रहार संशोधनवाद तथा सबै खाले स्वार्थ र अवसरवादको विरोध गर्नु र तिनलाई परास्त गरेर मार्क्सवाद लेनिनवाद विचारधाराको रक्षा गर्नु हो ।जसले नागरिकप्रति निरन्तर सकारात्मक परिवर्तनको लागि प्रत्याभूति गराउन सक्नुपर्छ भन्ने मान्यता अनुरूप बेलबारीको नेकपा एमाले पार्टी संगठन अघि बढेकोले जनमत एमालेको पक्षमा छ।

–ऐजेन्डा बिनाको गठबन्धन देशको लागि समस्या बहुदलीय व्यवस्थामा निर्वाचनजस्तो निर्णायक पाइन्टमा सिद्धान्तहरू लात मारेर गठबन्धन गरेर अधि बढ्नु राजनीतिक अपराध भएको स्वयं विश्लेषकहरू बताउँछन्। भद्दा अप्राकृतिक, गैर–राजनीतिक सिद्धान्त विपरीत र निर्वाचनको मर्म विपरीत भएको गठबन्धन देशको लागि समस्या भएकै कारण पनि मतदाताको रोजाइ एमाले हो।

– उम्मेदवारको बौद्धिक उचाइ र लोभलाग्दो निष्ठा। नेकपा एमाले बेलबारीले स्थानीय निर्वाचनका लागि अगाडि सारेका मेयर पदका उम्मेदवार दिलप्रसाद राई (डि पी) एक बौद्धिक व्यक्तित्व हुन्।उनले यसअघि शैक्षिक क्षेत्र सामाजिक क्षेत्रमा लामो समय उदाहरणयोग्य काम गरेर स्थापित भैसकेका छन् ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका राईले साबिक बेलबारी गाउँ कमिटी सचिव, इलाका सचिव, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष हुँदै प्रदेश कमिटी सचिवालय सदस्यसम्मको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरिसकेका छन् । हालको गोदावरी विद्यालयको स्थापनामा उनको एक प्रमुख भूमिका रहेको थियो ।

नेकपा एमालेको केपी ओली नेतृत्वको सरकारका पालामा गठन भएको सुकुम्वासी समस्या समाधान गर्न बनेको भूमि आयोगका मोरङ अध्यक्ष समेत बनेर काम गरेका उनले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । यसै गरी शैक्षिक सामाजिक क्षेत्रमा थुप्रै उदाहरणयोग्य काम गरिसकेका उनले बेलबारीमा मोरङ नेत्र हीन संघको स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेले ।,

बेलबारी ३ मा रहेको गोदावरी विद्यालयको स्थापना सञ्चालन लगायत दर्जनौँ संघसंस्थामा उनले सफलता पूर्वक कार्यसम्पादन गरिसकेका छन् । इमानको राजनीतिले मात्र समृद्धि र परिवर्तन सफल हुने हुँदा उक्त कार्यको थालनी गर्न बेलबारीको मेयरमा आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ। यी विविध कारण पनि बेलबारीका मतदाताले इमानदार र कुशल उम्मेदवारको कसीमा राईलाई राखिसकेका छन् ।

उपमेयरकी उम्मेदवार तिला गौतम उत्तिकै बौद्धिक शिक्षा प्रेमी व्यक्तित्व हुन।उनी स्थापित साहित्यकार समेत हुन् । उनी लगायत ११ ओटै वडामा जनप्रेमी विकास प्रेमी व्यक्तिहरू उम्मेदवारका रूपमा छन्।अन्य दलका उम्मेदवार भन्दा नेकपा एमालेका उम्मेदवार बौद्धिक र भिजन भएका,स्थानीय आवश्यकता बुझेका उम्मेदवारका रूपमा मतदाता आफैँ व्याख्या गर्छन् ।

उम्मेदवारको बौद्धिक उचाइ र लोभलाग्दो निष्ठाका कारण पनि एमालेको जित सुनिश्चित देखिन्छ। –जनप्रतिनिधिका लोकप्रिय कार्यबाट मतदाता उत्साहित। हालका जनप्रतिनिधि(एमालेबाट निर्वाचित)हरूको कामबाट बेलबारीवासी सन्तुष्ट छन्।ताकि उनीहरूमा जनताको मर्म र भावना बुझेर काम गर्ने पार्टी एमाले नै हो भन्ने कुराको सयौँ प्रमाण र उदाहरण आँखाअघि छन् ।

यहाँका आम मतदाताहरूको ठहर छ कि पाँच वर्षमा जनप्रतिनिधिले अनपेक्षित परिणाम देखिने काम गरे । फेरि एक पटक उहीँ परिणाम देखिने गरी काम गर्ने पार्टीलाई स्थानीय सरकारको नेतृत्व प्रदान गर्नुपर्छ भन्ने छाप नगरवासीमा छ । यस कारण पनि एमालेको जित निश्चित छ ।

मजबुत पार्टी संगठन बेलबारीमा अन्य दलका तुलनामा नेकपा एमालेको सांगठनिक पृष्ठभूमि दरिलो छ। पछिल्लो तथ्याङ्क अनुसार सङ्गठित सदस्यको संख्या लगभग ३५ सय पुगेको छ । पार्टी संयन्त्र विधि सङ्गत सञ्चालित छ । पार्टीका लगभग २२ओटै जनसङ्गठन क्रियाशील छन् । सङ्गठित सदस्यहरूको संख्या बढ्दो छ। ज्येष्ठ नागरिक,महिला,युवा किसान मजदुर,विद्यार्थी लगायत आम शुभेच्छुक शुभचिन्तकहरू एमालेको पक्षमा छन् । यसर्थमा पनि मजबुत पार्टी र क्रियाशील संगठन नै निर्णायक पार्टी र नेतृत्वका लागि योग्य बन्ने निश्चित छ।

ओली सरकारका ११ महिनाका मुख्य २९ काम किसानको एक अर्ब ३२ करोड ऋण मिनाहा, १६५ कानुन संशोधन, आर्थिक सुचाङ्क उत्साहजनक,प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, योगदानमा आधारित सामाजिक सुरक्षा योजना, ज्येष्ठ नागरिक बिमा १ लाख, १० प्रतिशत रकम खातामा, श्रमिकको ज्यालामा ३९% वृद्धि, वैदेशिक रोजगारीको ठगी नियन्त्रण प्रयास, छिमेक नीतिमा सन्तुलन, नौ सय मेगावाटको अरुण तेस्रो शिलान्यास,भारतीय दूतावासको क्याम्प बन्द ,यातायात क्षेत्रमा सिन्डिकेट तोड्ने प्रयास, राष्ट्रिय गौरवका आयोजनाको प्रगति, ८० प्रतिशत राजदूत नियुक्तिमा मापदण्ड, पानीजहाज कार्यालय स्थापना, दुई रेल किन्ने तयारी, स्थानीय तहलाई दरबन्दी स्वीकृति र नमुना कानुन ,लोडसेडिङमुक्त देश घोषणा, त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन,विद्यार्थी भर्ना अभियान,कृषिमा ५८बुँदे कार्य योजना, प्रधानमन्त्री कृषि परियोजना,शून्य लागतमा वैदेशिक रोजगारी,पर्यटक आगमन २७% वृद्धि,१३७१ वडा र १४६० विद्यालयमा निःशुल्क इन्टरनेट,नेपालको आफ्नै उपग्रह (नानो स्याटेलाइट), भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता,बन्द उद्योग सञ्चालनको पहल,विमानस्थलको सेवा र व्यवस्थामा उल्लेख्य सुधार ,२८. ७७ हजार कर्मचारीको समायोजन अन्तिमतिर, विदेशबाट फर्किएका युवालाई दश लाखसम्म सहुलियत ऋण, –प्रगतिशील र आधारसहितको घोषणा पत्र भ्रष्टाचारमुक्त नगर बनाउन जनप्रतिनिधिहरूको संयन्त्रलाई जबाफदेही बनाउन प्रत्येक चौ–मासिकमा सार्वजनिक सुनुवाइ गरेर हिसाबकिताब सार्वजनिक गर्ने,ब्युराक्रेसीलाई जिम्मेवार बनाउने,सम्पूर्ण सुविधाको पहुँचमा जनतालाई ल्याउने , बिना झमेला छिटोछरितो ढङ्गले सेवा प्रवाह गर्ने,प्रदान गर्ने ।

शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर शिक्षामा गुणस्तर वृद्धि गर्ने,हालका जनप्रतिनिधिले सुरु गरेका जनमुखी काम सम्पन्न गर्ने, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको पहिचान गरी आवश्यक व्यवस्था मिलाउने, धार्मिक पर्यटकीय क्षेत्रका रूपमा बेलबारीलाई चिनाउन काम थालिने, जनतामा अनावश्यक करको भार नथोहोपरी नगरको आन्तरिक स्रोतको वृद्धि गर्ने, न्याय सुशासनको क्षेत्रमा जनताले महसुस गर्ने गरी नीति बनाएरै काम गर्ने जस्ता पृथक् र लोकप्रिय कार्यक्रम भएकै कारण एमालेले बेलबारीमा हालको विरासत कायम राख्न सफल हुन्छ ।

गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका लोकप्रिय कार्यक्रमहरू :-

  • नगरपालिकाको भवन निर्माण
  • ११ ओटै वडा कार्यालय निर्माण
  • १० बेडको नगर अस्पताल
  • १५ बेडको अस्पताल
  • कोभिडबाट मृत्यु भएका नागरिकलाई ५० हजार
  • दुखमा नगरपालिका कार्यक्रम
  • महिला उद्यमशीलता / तालिमको प्रभावकारिता
  • अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा बीउ पुजी वितरण
  • युवा स्वरोजगार कार्यक्रम
  • कृषि जोन कार्यक्रम(एक वडा एक उत्पादन )
  • विपन्नलाई छानो कार्यक्रम
  • खुला व्यायामशाला निर्माण
  • सडक कालोपत्रे
  • नि : शुल्क दमकल सेवा
  • एम्बुलेन्स सेवा
  • नि:शुल्क सब वाहन सेवा (नगर क्षेत्रभित्र)
  • बाटो शाखा बाटो निर्माण
  • जनता आवास कार्यक्रम
  • विपन्न परिवारलाई न्यानो लुगा वितरण
  • सपिङ कम्प्लेक्स निर्माण (दुई वटा वडा नं ९ र १ मा)
  • आवश्यकता अनुसार सभा हल निर्माण
  • ज्येष्ठ नागरिक चौतारी(सबै वडामा)
  • एक वडा एक उत्पादन
  • सहुलियत कर्जा कार्यक्रम
  • युवा उद्यमशीलता/महिला उद्यमशीलता
  • दन्त मुस्कान उपहार कार्यक्रम
  • कृषिमा आधुनिकीकरण
  • बृहत कृषि उद्यम विकास कार्यक्रम
  • गरिबसँग नगरपालिका कार्यक्रम
  • सुरक्षीत आवास कार्यक्रम
  • प्रज्ञा प्रतिष्ठान गठन सञ्चालन
  • जिम सेन्टर निर्माण सञ्चालन
  • आँखा कान सम्बन्धी नि शुल्क उपचार
  • नि:शुल्क फिँजियो थेरापी
  • विद्यालयमा विविध शैक्षिक सुधार कार्यक्रम स्तरोन्नति
  • महिला सशक्तीकरणका लागि तालिम
  • न्यायमा पहुँच विस्तार
  • बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण
  • बेलबारी क्याम्पस अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क भर्ना
  • मदन भण्डारी प्राविधिक शिक्षालयमा अध्ययनरत
  • विद्यार्थीलाई शैक्षिक ऋण उपहार मनमोहन प्राविधिक शिक्षालयमा अध्ययनरत
  • विद्यार्थीलाई शैक्षिक ऋण उपहार सहयोग
  • शैक्षिक सुधारका लागि इसिइसी कार्यक्रम
  • सामुदायिक विद्यालयमा स्कुल बस व्यवस्थापन
  • ११ ओटै वडामा स्वास्थ्य चौकी÷वडा कार्यालय निर्माण
  • किसानलाई कृषि औजार प्रविधि हस्तान्तरण
  • विविध जातजातिका भाषा धर्म संस्कार संस्कृतिको विकासका लागि जनमुखी कार्यक्रम
  • कला साहित्यको विकास र उत्पादनशीलतामा जोड
  • बेलबारी आइडल
  • २२ ओटा सिमसारको गुरुयोजना निर्माण लगायतका कामहरू लोकप्रिय कार्यहरू नेकपा एमाले बेलबारीले चुनाव जित्ने मजबुत आधारहरू हुन्।

यी कामका आधारमा पनि नेकपा एमाले जनताको मनमनमा बस्न सफल भइसकेको छ। यी कारणहरूले पनि मतदाताले उच्च विवेकको प्रयोग गरेर भ्रम छर्नेहरूलाई होइन काम गर्नेहरूलाई जनताले मत दिनेछन् । नेकपा एमालेले मात्र समृद्ध नगर निर्माणका सपना साकार पार्नेछ।एमालेका उम्मेदवारहरू चुनावी मैदानका अब्बल उम्मेदवारहरू भएकाले यस पटक पनि बेलबारीमा विजेताको ताज नेकपा एमाले नै पहिरनेछ। सम्पूर्णमा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्