देउसी भैलोको ट्रयाक्टर दुर्घटना : १५ घाइते, ४ को अवस्था गम्भीर


गुल्मी, ११ कात्तिक । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ मा देउसी भैलोको ट्रयाक्टर दुर्घटना भएको छ । दुर्घटनामा पर्ने ४ जनाको अवस्था गम्भीर छ भने १५ जना घाइते भएका छन् । बुल्मबाट चौरासीतर्फ जाँदै गरेको लु ३ त ४०२ नम्बरको देउसी भैला टोली सवार ट्रयाक्टर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काका अनुसार गम्भीर ४ घाइते इस्मा गाउँपालिका वडा नं. ६ बुल्मका ४० वर्षीय भूपेन्द्र कुमाल, २९ वर्षीय प्रेम कुमाल, २३ वर्षीय पदम कुँवर र १२ वर्षीय शेरे कुमाललाई उपचारका लागि पाल्पा पठाएको छ भने अन्य घाइतेहरूको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रयाक्टर चालक दुर्घटनापछि फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । गुल्मीमा उपचाररत घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्