आफ्ना कार्यकर्ता माथि भएको दुर्व्यवहारको राप्रपाद्वारा भर्त्सना


केराबारी, २४ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा खटिएका राष्ट्रिय प्रजातन्त्र पार्टी केराबारीले प्रचार प्रसार समितिका सदस्य माथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ । पार्टीले एक विज्ञप्ति निकाल्दै यस्तो भर्त्सना गरेको हो ।

पार्टी अध्यक्ष इन्द्र प्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा बुधवार साँझ ६–७ बजे तिर चुनाव प्रचार प्रसारमा केराबारी १० नं वडा मा पुगेका राप्रपाका कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका युवा समूहहरूद्वारा गाली गलौज गरी पार्टीलाई भोट नदिएमा भौतिक कारबाही हुने भनी डर देखाएकोमा पार्टीले आपत्ति जनाएको छ । ’बम’ ले उडाई दिन्छौँ भन्दै भेला बिथलेकोप्रति पार्टीले आक्रोश व्यक्त गरेको छ ।

आचार संहितामै रहेर चुनाव प्रचार प्रसार गर्दा शक्तिको आडमा गालीगलौज तथा हप्कीदप्की गरेकोमा कडाभन्दा कडा कारबाही गर्न प्रहरी समक्ष अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्