विराटनगरमा ‘न्हुँ दँया भिंतुना’ को आगमनमा भव्य मोटरसाइकल -याली (फोटो फिचर)


विराटनगर, ११ कार्तिक / नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को आगमनमा विराटनगरमा भव्य -याली निकालिएको छ ।

झिः पुच विराटनगरको आयोजनामा विराटनगरमा आज सोमबार भव्य मोटरसाइकल -याली निकालिएको हो ।

विराटनगर स्थित झिःपुच भवनबाट बिहान साढे आठ बजे प्रसादको रूपमा अण्डा र ‘सगुन’ पिएर ट्राफिक चौक हुँदै महानगर परिक्रमा गरी सोही ठाउँमा आएर विभिन्न कार्यक्रम हुनेछ । -यालीमा झिः पुचका पदाधिकारी, नेवार समुदायका किशोर, किशोरीहरू आफ्नो जातीय पहिरनमा सजिएर सहभागी भएका छन् ।

-यालीपछि झिःपुच भवनमा २६ औँ वार्षिक साधरणसभाबाट नयाँ निर्वाचित भएका पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा रहेको छ । यस्तै समाजको लागि योगदान पु-याउने नेवार समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि सम्मान कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्