बेलबारीमा नेपाली काँग्रेसद्वारा २ जना बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन


बेलबारी, १८ वैशाख । नेपाली काँग्रेस नगर कार्यसमितिले २ जना बागी उम्मेदवारलाई पार्टीबाट निष्कासित गरेको छ । नगर कार्यसमितिले वैशाख १७ गते प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार रुकमिणी धिमाल र धनपति गौतमलाई विधान बमोजिम साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

धिमाल उपमेयरमा उम्मेदवारी दिएका छन् भने गौतमको वडा नं. ८ को वडा अध्यक्षको उम्मेदवारी रहेको छ । धिमाल २०७४ साल को निर्वाचनमा उपमेयरको उम्मेदवार थिइन । गौतम वडा नं. ८ का निवर्तमान वडाध्यक्ष हुन ।

पार्टीमा पुरानो क्रियाशील तथा क्षमतावान कार्यकर्तालाई अवसर नदिएर पहुँच तथा गुटबन्दीको कारण जो कोहीलाई टिकट दिएको भन्ने धिमालको गुनासो रहेको छ । पार्टीले गरेको कारबाही बारे धिमालसँगको कुराकानीमा, पार्टीमा पुरानो निष्ठावान् र इमानदार कार्यकर्ताहरूलाई अन्याय भएको कारण बागी दिएको बताइन ।’

‘कानुन साना कार्यकर्तालाई मात्र लाग्ने, पहुँच हुनेलाई चैँ नलाग्ने ?’ धिमाल प्रश्न गर्छिन् । विधान दुई खालको बनाउनु पर्छ, उनले भनिन । पार्टी अध्यक्ष सेर बहादुर देउवाले पनि चितवनमा हस्या हतौडा चिन्नमा भोट माग्दै हिँडे । धिमालले भनिन, ‘विगतमा पनि काँग्रेस भित्र नै सूर्यमा भोट हाल्नेहरू पनि छन् । उनीहरूलाई खै त कारबाही । गौतमको पनि आफू नै वडावासीले रोजेको उम्मेदवार रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्