केराबारीमा वडा सदस्यमा उमेद्वारी दिएका व्यक्तिको मृत्यु


मोरङ, १६ वैशाख । मोरङको केराबारीमा वडा सदस्यको उम्मेदवारी दिएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी –२ मा नेपाली काँग्रेसकातर्फबाट वडा सदस्यमा उमेद्वारी दिएका नवीन लिम्बू रहेका छन् ।

उनको उपचारका लागि लैजाने क्रममा (शुक्रवार) बिहान मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार चुनावी अभियान सकेपछि घर फर्किएर सुतेका उनी शुक्रवार बिहान अचानक बेहोस भएर ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्