सरकारद्वारा विभिन्न १० प्रकारका सामग्री आयातमा रोक


काठमाडौँ, १४ वैशाख । सरकारले विभिन्न १० प्रकारका सामानहरूको आयातमा रोक लगाएको छ । देशमा पर्नसक्ने आर्थिक मन्दीलाई मध्यनजर गरेर सरकारले यस्ता विलासिताका बस्तुमा रोक लगाएको हो ।

सरकारले रोक लगाएका बस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा (औद्योगिक कच्चा पदनाथबाहेक), मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रङ्गिन टेलिभिजन, एम्बुलेन्स र शव वाहन प्रयोजनबाहेकका जीप, कार र भ्यानहरू, २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र खेल्ने तास रहेका छन् ।

आगामी अढाइ महिनाका लागि यस्तो रोक लगाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यद्यपि रोक लगाइएका सामग्रीहरू कूटनीतिक नियोगले भने ल्याउन पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्