बेलबारीमा काँग्रेसका प्रमुख र उपप्रमुखसहित ११ वटै वडा अध्यक्षका उमेद्वारहरु (नामावलीसहित)


बेलबारी, १४ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । पार्टीले आ–आफ्ना उमेद्वारको मनोनयन गरेर चुनाव प्रचार प्रसारमा होमिएका छन् ।

यसै क्रममा बेलबारी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखमा महेन्द्र सुवेदी र उपप्रमुखमा नीतु थापा कोइरालालाई उमेद्वार बनाएको छ ।

त्यस्तै ११ वटा वडा भएको बेलबारी नगरपालिकाका वडा नम्बर १ मा मणि पुलामी मगर, २ मा मणि सुन्दर थापा, ३ मा रिक्त गुरुङ, ४ मा चन्द्र लिम्बू, ५ मा दुखाराम थारु, ६ मा टेक बहादुर राई, ७ मा चेतराज बस्नेत, ८ मा पूर्ण बहादुर खडका, ९ मा शालिग्राम बस्नेत, १० मा गङ्गा याखा र ११ मा विक्रम वान्तबा राईलाई वडा अध्यक्षको उमेद्वारी बनाएको छ ।

उता नेपाली काँग्रेसबाटै उपप्रमुखमा रुक्मिणी धिमाल र वडा नं ८ का वडाध्यक्षसमेत रहेका धनपति गौतमले बागी उमेद्वारी दिएका छन् ।

संत्ताघटक पाँच दलबिचमा गठबन्धन गर्ने भनिए पनि बेलबारीमा पाँच वटै दलले आ–आफ्नै ढङ्गले उमेद्वारी दर्ता गरेका छन् । अहिले आ–आफ्नै ढङ्गबाट उमेद्वारी दिए पनि गठबन्धनको सम्भावना भने रहिरहेको काँग्रेसनिकट श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्