सुन्दरहरैंचामा ११ जना प्रमुख र ८ जना उपप्रमुखसहित ३१३ जनाको उमेद्वारी दर्ता


मोरङ, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुन्दररहैँचामा ११ जना प्रमुख र ८ जना उपप्रमुखसहित ३१२ जनाको उमेद्वारी परेको छ । निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैँचाले आज सार्वजनिक गरेको विवरणमा यो सङ्ख्यामा उमेद्वारी दर्ता भएको उल्लेख गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सुन्दरहरैँचा नगरपालिकामा ३ सय १२ जनाको उमेद्वारी परेको बताएको छ । जसमा ११ मेयर, ८ उपमेयर र ७१ जना वडाध्यक्षको उमेदवारी दर्ता भएको छ । साथै २२३ जनाको वडा सदस्यका लागि उमेद्वारी दर्ता भएको छ ।

कानुनतः १ जना प्रमुख, १ जना उपप्रमुख, (१२ जना) वडाअध्यक्षसहित ६२ निर्वाचित भएर आउनु पर्नेमा ३१३ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

नगरप्रमुखमा उमेद्वारी दिनेहरूमा निवर्तमान मेयर शिवप्रसाद ढकाल (नेका), केदार प्रसाद गुरागाईँ (एमाले), डा. प्रकाश भट्टराई (स्वतन्त्र), हेमन्तकुमार भट्टराई (विवेकशील साझा), कमल अधिकारी (स्वतन्त्र), कविराज पोखरेल (स्वतन्त्र), कृष्णदेव राई (मङ्गोल नेशनल अर्गनाइजेशन), जीवन बस्नेत (स्वतन्त्र), टीकाराम गौतम (स्वतन्त्र), रामबहादुर खत्री (राष्ट्रिय प्रजातन्त्र पार्टी) र पर्शुराम घिमिरे नेपाल (समावेशी पार्टी) रहेका छन् ।

त्यस्तै उपप्रमुखमा उमेद्वारी दिनेहरूमा अकली चौधरी (नेकपा एमाले), नवराज चापागाईँ (नेकपा माओवादी केन्द्र), महेश आचार्य (नेकपा एकीकृत समाजवादी)सन्ध्या दाहाल (विवेकशील साझा), सानी राई (मङ्गोल नेशनल अर्गनाइजेशन), कमलादेवी अधिकारी (स्वतन्त्र), मानबहादुर सार्की (स्वतन्त्र), र सुमित्रा बस्नेत (राष्ट्रिय प्रजातन्त्र पार्टी) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्