बेलबारीमा एमालेको मेयरको उमेद्वारमा डि.पी राई, उपमेयरमा तिल कुमारी न्यौपाने (गौतम)


बेलबारी, १२ वैशाख । बेलबारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरको उमेद्वार डि.पी राईको टुङ्गो भएको छ । एमालेले उपमेयरको उमेद्वारमा भने तिल कुमारी न्यौपाने (गौतम) ले टिकट पाएकी छिन ।

नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिवालय सदस्य तथा बेलबारी नगरपालिका कमिटी इन्चार्जका अनुसार बेलबारी नगरपालिका कमिटीले मेयरमा ७ जना र उपमेयरमा ६ जनाको नाम सिफारिस गरेको थियो । सर्वसम्मत गर्ने प्रयास गर्दा नभए पछि मेयरमा बेलबारी कमिटीले नेकपा एमाले जिल्ला कमिटी मोरङलाई डि.पी राई, ज्ञानेन्द्र सुवेदी, राजकुमार बस्नेत, प्रताप थापा, प्रकाश राई, ईरान राई र रिबन थापाको नाम सिफारिस गरेको थियो ।

यस अघि पनि डि.पी राईको नाम मेयरको लागि चर्चाको उत्कर्षमा पुगेता पनि टिकट भने ज्ञानेन्द्र सुवेदीले हात पार्न सफल भएको थिए । तर यस पटक भने डि.पी राईलाई पार्टीले टिकट प्रदान गरेको छ । उपमेयरको लागि पनि तिलकुमारी न्यौपाने, गङ्गा श्रेष्ठ, सिता तामाङ, गीता सिवा, अरकुमारी घिमिरे र उषा राईको नाम सिफारिस भएको थियो । उक्त ६ जना मध्य तिलाको नाम निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्