एमाले मोरङको विराटनगरबाहेक बाँकी सबै पालिकामा उमेद्वारको टुङ्गो


मोरङ, ११ वैशाख । एमाले मोरङले विराटनगरबाहेक बाँकी सबै पालिकामा उमेद्वारको टुङ्गो लगाएको छ । एमाले सचिव रुपेश खतिवडाले विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा उम्मेदवारको टुङ्गो लागेको बताएका छन् ।

मोरङका १६ वटा पालिकामा एमालेले मिक्लाजुङ गाउँपालिका अध्यक्षमा नरेन्द्र ढुङ्गेल र उपाध्यक्षमा निर्मला राईले टिकट पाएका छन् । उर्लाबारी नगरपालिमा प्रमुखको टिकट गङ्गा खरेल र उपप्रमुखको टिकट मिना पौडेलले पाएका छन् । रतुवामाई नगरपालिका प्रमुखमा दुर्गा विष्ट र उपप्रमुखमा दयामन्ता चुडालले टिकट पाएकी छन् ।
सुनबर्सी नगरपालिका प्रमुखमा श्याम राजवंशी र उपप्रमुखमा मिरा दासले टिकट पाएका छन् । पथरी शनिश्चरे नगरपालिका प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देवीमाया काफ्लेले टिकट पाएकी छन् ।

त्यसैगरी, कानेपोखरी गाउँपालिका अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारी उम्मेदवार बन्ने भएका छन् । लेटाङ नगरपालिका प्रमुखमा भूपेन्द्र लावती र उपप्रमुखमा कृष्णकुमारी निरौला उठ्ने भएका छन् । केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङदेन र उपाध्यक्षमा मनमाया मगरले टिकट पाएकी छन् ।

सुन्दरहरैँचा नगरपालिमा केदार गुरागाईँ र अकली चौधरीले टिकट पाएका छन् । त्यस्तै, ग्रामथान गाउँपालिमा शिवनारायण माझी र गुणवती धामी, बुढीगंगा गाउँपालिमा बलभद्र सरदार र तलसा कुवर विष्ट, कटहरी गाउँपालिमा सुवास सरदार र सीता राजवंशीले टिकट पाएका छन् ।

त्यस्तै, धनपालथान गाउँपालिमा मुसहरु मण्डल र उपासीदेवी राजवंशी, रंगेलीमा दिलीप बगडीया र भुमा पराजुली र जहदा गाउँपालिकामा यशोदा गिरी र अनिता सोरेनले टिकट पाएका छन् ।

बेलबारी नगरपालिका प्रमुखमा भने फाइनल भइसकेको छैन । डिपि राई र ज्ञानेन्द्र सुवेदी मध्ये एक जना उमेद्वार बन्ने पक्का भए पनि निधो भएको छैन ।

प्रतिक्रिया दिनुहोस्