दोस्रो खोर्साने महोत्सवमा आज प्रमोद खरेल आउने


सुन्दरहरैँचा, ९ वैशाख । सुन्दरहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव’ मा आज (शुक्रवार) गायक प्रमोद खरेलको प्रस्तुति रहने छ । चैत ३० गते समुद्घाटन भएको महोत्सवको आजको साङ्गीतिक प्रस्तुतिका लागि गायक खरेलको बेजोड प्रस्तुति रहने आयोजक संस्था सुन्दर खोर्साने युवा क्लबका अध्यक्ष काजिहाङ लिम्बूले जानकारी दिएका छन् ।

गायक खरेलले पनि आफ्नो फेसबुक पेजमा वैशाख ९ गते खोर्साने महोत्सवमा आफ्नो प्रस्तुति रहने जानकारी गराएका छन् ।

सुन्दर खोर्साने क्लबका सचिव मिलन तामाङ वैशाख ११ गते सम्म चल्ने यो महोत्सवमा शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले दर्शकलाई ढुक्कका साथ आएर मेलाको रमाइलो लिन आग्रह गर्छन् ।

स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको यो महोत्सवमा दैनिक रूपमा स्थानीयको राम्रो सहभागिता देखिँदै आएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहने मेला संयोजक सोमराज गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्