स्थानीय तहको उम्मेदवार बन्ने पत्रकारले महासङ्घको सदस्यता त्याग्नुपर्ने


काठमाडौँ, ८ वैशाख । स्थानीय तहको उम्मेदवार बन्ने पत्रकारले महासङ्घको सदस्यता त्याग्नुपर्ने भएको छ । महासङ्घको बिहीवार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल पत्रकार महासङ्घका सचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा स्थानीय निर्वाचनमा उमेद्वारी दिने पत्रकारले महासङ्घको सदस्यता त्याग्नु पर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्