काँग्रेसबाट बेलबारीमा मेयरका लागि ४ जनाको नाम सिफारिस


बेलबारी, ९ वैशाख । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका नेपाली काँग्रेस बेलबारी नगर समितिले मेयर पदमा ४ जनाको नाम सिफारिस गरेको छ । मेयर पदका लागि सिफारिस हुनेमा राजकुमार लिम्बु, महेन्द्र सुवेदी, मानबहादुर लिम्बु र डम्बर राईको नाम सिफारिस गरेको हो ।

नगर समितिको सिफारिसमा परेका उमेदवारहरुमध्ये राजकुमार लिम्बू अघिल्लो स्थानीय निर्बाचनमासमेत मेयर पदका उम्मेदवार रहेका थिए । उनी हालका मेयर ज्ञानेन्द्र सुवेदीसँग झिनो मतले पराजित भएका थिए । सुरुमा मेयरका लागि काँग्रेसमा ७ जना आकाङ्क्षी रहे पनि चार जनाको नाम मात्र मेयरका लागि सिफारिसमा परेको छ ।

त्यस्तै उपमेयरका लागि ४ जनाको नाम सिफारिसमा परेको छ । उपमेयरको लागि सिफारिसमा परेकाहरूमा रुक्मिणी धिमाल, नीतु थापा कोइराला, रीता कोइराला र कल्पना बिमली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्