‘दोस्रो खोर्साने महोत्सव’ मा आज आशिष् राना ‘लाहुरे’ आउने


सुन्दरहरैँचा, ८ वैशाख । सुन्दररहैँचामा जारी ‘दोस्रो खोर्साने महोत्सव’ मा आज ९ औँ दिन गायक आज आशिष् राना आउने भएका छन् । चैत ३० गते समुद्घाटन भएको महोत्सवको ९ औँ दिन आज ९बिहीबार० गायक रानाको प्रमुख प्रस्तुति रहने आयोजक संस्था सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।

नेपाली सङ्गीत क्षेत्रमा र्‍याप विधाका उनी चर्चित गायक हुन । राना, लाहुरे नामले प्रसिद्ध छन् । हिजो प्रीति आलेको प्रस्तुति रहेको थियो भने छैटौँ दिन रचना रिमाल र सातौँ दिन ज्योति मगरको प्रमुख प्रस्तुति रहेको थियो ।
स्थानीय पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथमा खाद्य परिकारका साथै विभिन्न स्टलहरूसमेत रहने मेला संयोजक सोमराज गिरीले बताए ।

सुन्दर खोर्सानो क्लबका अध्यक्ष काजिहाङ लिम्बू वैशाख ११ गते सम्म चल्ने यो महोत्सवमा शान्ति सुरक्षाको राम्रो व्यवस्था गरिएकोले ढुक्क भएर आएर मेलाको रमाइलो लिन आग्रह गर्दछन् । स्थानीयको सहयोगले मात्र महोत्सव सफल हुने क्लबका सचिव मिलन तामाङ बत्ताउँछन् ।

प्रतिक्रिया दिनुहोस्