गृहमन्त्री खाँणको भन्छन् ‘गठबन्धनको निर्णय नमान्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही हुन्छ’


रुपन्देही, ७ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलको निर्णय नमान्ने नेता–कार्यकर्तालाई कारबाही गरिने बताएका छन् ।
गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा रहेको आफ्नै निवासमा आज बुधवार आयोजित पत्रकार भेटघाटमा उनले यस्तो विचार व्यक्त गरेका हुन्।

आगामी निर्वाचनमा गठबन्धन दलबिच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए ।

गृहमन्त्री खाँणले भने, ‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्त्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा ठाउँमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्