बेलबारी काँग्रेस गठबन्धन नगरी एक्लै लड्ने मनस्थितिमा


बेलबारी, ७ वैशाख । गठबन्धन दलभित्र भित्र प्रमुख पदहरूमा सहमतिको प्रयास भइरहँदा बेलबारी काँग्रेसले भने स्थानीय निर्वाचनमा नगरपालिकामा गठबन्धन नगरी एक्लै लड्ने मनसायमा पुगेको छ ।

गठबन्धन दलभित्रको माओवादी केन्द्रले मेयर पदमा दाबी गरे पछि नेपाली काँग्रेस नगर कार्य समिति बेलबारीले आज पत्रकार सम्मेलन गरेर यस्तो धारणा सार्वजनिक गरेको हो ।

नगर सभापति छत्र लिम्बूले बुधवार बेलबारी १ मा रहेको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन कुनै पनि हालतमा बेलबारीको मेयरमा दाबी नछोड्ने र यदि त्यस्तो भए गठबन्धन तोड्ने जनाएका छन् ।

नगर सभापति लिम्बूले गठबन्धनको लागि वार्ताको ढोका खुल्ला भए पनि प्रमुख पदमा भने आफूहरूको दाबी रहने र सो पद छोड्नुपरेमा गठबन्धन नै तोड्ने बताए ।
गठबन्धन भित्रको दल माओवादी केन्द्र बेलबारीको मेयरमा दाबी नछाडे पछि काँग्रेसले यस्तो मनसाय लिइएको बताइएको छ ।

पत्रकार सम्मेलनमा छेत्रीय सभापति गंगा याखा, नगर उपसभापति द्वय नीतु थापा कोइराला र उपेन्द्र सुवेदी, सचिव शन्तोष भट्टराई लगायतका अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसैबिच पार्टीले बेलबारीले ११ वटा वडामध्ये ५ वटा वडामा उमेद्वार टुङ्गो लगाएको बताएको छ ।
काँग्रेसले बेलबारी २ मा मणि सुन्दर थापा, ३ मा रिक्त बहादुर गुरुङ,४ मा चन्द्र लिम्बु, ६ मा टेकबहादुर राई र ११ मा विक्रम बान्तवा राईलाई सर्वसम्मत उमेद्वार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्