लेटाङ घटनाका मुख्य व्यक्ति शिक्षक पौडेललाई पुर्पक्षमा राख्न आदेश 


मोरङ, ७ वैशाख । लेटाङ घटनाका घटाउने मुख्य व्यक्ति शिक्षक मनोजकुमार पौडेललाई अदालतले पुर्पक्षमा राख्न आदेश दिएको छ । न्यायाधीश दुर्गा खड्काको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत मोरङले जनही ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले न्यायाधीश शिशिरराज ढकालको इजलासले अभियुक्तहरूलाई धरौटीबापतको रकम लिएर छाड्न मङ्गलवार आदेश दिएको जानकारी दिएका हुन् ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोजकुमार पौडेलले गत चैत ४ गते सोही विद्यालयमा अध्ययनरत १४ वर्षीय छात्रालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै घटनाले उग्र रूप लिएको थियो । आन्दोलन हिंसात्मक रूप लिँदा महिला प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये १० जना मात्रै पक्राउ परे पनि बाँकी पाँच जना भने परार रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्