अनेरास्ववियुद्वारा सुन्दरहरैंचाको चण्डेश्वरी आधारभूत विद्यालयलाई सिलिङ पङ्खा प्रदान


सुन्दररहैँचा, ४ वैशाख । एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले सुन्दरहरैंचा १० स्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सिलिङ पङ्खा प्रदान गरेको छ । सुकुम्वासी बस्ती भित्रका विपन्न विद्यार्थीहरू पठनपाठन गर्ने उक्त विद्यालयमा गर्मीको समयमा विद्यार्थीको सहजताको लागि पङ्खा उपलब्ध गराइएको सम्बद्ध विद्यार्थी सङ्गठनले जनाएको छ ।

विद्यार्थीको हक र हितका पक्षमा काम गर्दै आएको विद्यार्थी सङ्गठन अनेरास्ववियुले ५ थान सिलिङ पङ्खा स्कुलका प्रधानाध्यापक समक्ष हस्तान्तरण गर्‍यो । विद्यार्थी नेता मिलन घिमिरेको नेतृत्वमा अनेरास्ववियु सुन्दरहरैंचा नगर कमिटी, सुकुना बहुमुखी क्याम्पस कमिटी र व्यक्तिगत गरी सहयोग जुटाएर पङ्खा प्रदान गरिएको जानकारी गराइएको छ ।

सङ्गठनले अन्य स्कुलमा समेत शैक्षिक सामग्रीहरू वितरण गर्दै आएको र यस्तो सहयोग निरन्तर रहने विद्यार्थी नेता मिलन घिमिरे बताउँछन् ।

प्रधानाध्यापक देवीप्रसाद आचार्यले विद्यालयलाई पंखा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै धन्यवादसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्