बेलबारी वडा नं ३ मा वर्तमान अध्यक्ष योगेन्द्र सुवेदी नै एमालेबाट सर्वसम्मत उमेद्वार सिफारिस


बेलबारी, २ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट बेलबारी नगरपालिका वडा न. ३ को अध्यक्षमा पुन : योगेन्द्र सुवेदी नै सर्वसम्मत रूपमा वडा अध्यक्षका लागि सिफारिसमा परेका छन् ।

यस अघि वडा अध्यक्षका लागि विभिन्न ८ जनाको उमेद्वारी परेको थियो । बाँकीले आफ्नो उमेद्वारी फिर्ता लिए पछि उनी सर्वसम्मत उमेद्वारमा सिफारिसमा परेका हुन् । उनीसँगै बाँकी चार जना सदस्य पनि सर्वसम्मत रूपमा सिफारिसमा परेका छन् ।

सिफारिसमा पर्ने महिला सदस्यमा विमला तामाङ, दलित महिला सदस्यमा तारा परियार, खुल्ला सदस्यहरूमा चन्द्र बहादुर राई र भोगेन्द्र राई रहेका छन् । खुल्ला सदस्यमा सिफारिसमा परेका चन्द्र बहादुर राई पनि बहालवाला वडा सदस्य हुन् ।

यता सिफारिसमा परेका वर्तमान वडाअध्यक्ष सुवेदी उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत हुन् । साथै नेकपा एमालेबाट यस अघि नै वडा नं २ र ४ मासमेत वडा अध्यक्षमा सर्वसम्मत नेतृत्व सिफारिस भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्