अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०७८ को उपाधि नवोदयले चुम्यो (फोटो फिचर)


मोसम नेपाली – 

सुनबर्षी, १ वैशाख । केचना फुटबल क्लबद्वारा आयोजित अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०७८ को उपाधि नवोदय पथरीले हात पारेको छ । बुधवार सम्पन्न फाइनल खेलमा ट्राईब्रेकरमा ५–४ गोलको अन्तरले डाँगीहाट फुटबल क्लब, बेलबारीलाई हराउँदै विजयी भएको हो ।
फाइनल खेल सुरुवात देखी नै आक्रामक बनेको थियो । पहिलो र दोस्रो हाफ गोल विहीन सकिए पछि ट्राईब्रेकर भएको थियो । हराउँदै नवोदय पथरीले सेमिफाइनल खेलमा गोर्खाली यूनाइटेड क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने उपविजेता टिम डाँगिहाट फुटबल क्लबले द रियल ब्रदर्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेल को म्यान आफ दी म्याच विजेता टिमका गोल किपर विशाल दर्लामी मगर घोषित भए । विजेता टिमले नगद रु।१ लाख ५१ हजार साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टिमले नगद रु।१ लाख १ हजार साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चैत १९ गते देखी सुनबर्षी नगरपालिका वडा नं। १ स्थित श्री मंगल सिंह मा।विको खेल मैदानमा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०७८ चैत ३० सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्